नियम
उपभोक्ता संस्था दर्ताको लागि दरखास्त दिनुपर्ने
नियम ३ बमोजिम उपभोक्ता संस्था गठन गरी दर्ता गराउन चाहने सम्बन्धित उपभोक्ताहरू मध्येबाट कम्तीमा सात जना उपभोक्ताहरूले अनुसूची–१ बमोजिमको ढाँचामा उपभोक्ता संस्थाको एकप्रति विधान र एक सय रुपैयाँ दस्तुर सहित जिल्ला जलस्रोत समिति समक्ष दरखास्त दिनु पर्नेछ ।